धरानमा बस दुर्घटना: चार जनाको मृत्यु, ३५ घाइते

सुनसरी । सुनसरीको धरानमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

धनकुटाको चौबिसे गाउँपालिका बुधबारेबाट धरानतर्फ आउँदै गरेको को २ ख २७१३ नम्बरको बस धरानको जिरोप्वाइन्टमा बेक फेल भई दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो भने ३५ जना घाइते भएका छन् । 

दुर्घटनामा मृत्यु हुने चालक चक्रबहादुर गुरुङ, यात्रु बलबहादुर मगरको मात्र पहिचान खुलेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको धरानकै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?