मालपोत कार्यालयका नायब सुब्बा घुससहित पक्राउ

राजविराज । भूमिसुधार तथा मालपोत कार्यालय राजविराजका नायब सुब्बा बासुदेव मण्डल घुससहित पक्राउ परेका छन् ।

अख्तियारको टोलीले सेवाग्राहीसँग ४० हजार घुस लिँदै गर्दा उनी पक्राउ परेका हुन् ।

उनले सेवाग्राहीसँग मोही जग्गाको मुद्दा मिलाइदिने भन्दै घुस लिएको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?