काठमाडौं । एक साताअघि काठमाडौंको बाफलमा भएको युवकको हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
तर, ज्यान गुमाउने र पक्राउ पर्ने दुवैको नाम भने खुलेको छैन । प्रहरीका अनुसार दुवै जना बाफलस्थित स्युच्टार पुलमुनि बसेर मागी खान्थे । दुवैको घर परिवारबारे प्रहरी कुनै खबर पाउन सकेको छैन। घटनास्थल आसपास बस्ने व्यक्तिलाई पनि उनीहरुको हुलियामा थाहा थियो ।
हाल शवको पोष्टमार्टमपछि रिपोर्ट आउने प्रक्रियामा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया