मलेसियामा कामदार चढेको बस दुर्घटना, २ नेपालीसहित ११ को मृत्यु

काठमाडौं।  मलेसियामा कामदार सवार बस दुर्घटना हुँदा २ नेपालीसहित ११ जनाको मृत्यु भएको छ ।

मलेसियाको सेपाङमा आइतबार बिहान स्थानीय समय अनुसार ११ बजेर १० मिनेट जाँदा कामदार बोकेको सो बस दुर्घटना भएको हो । 

दुर्घटनामा ज्यान गुमाउनेमा नेपालीसहित बंगलादेशी, म्यानमार र मलेसियन नागरिक समेत रहेको बताइएको छ । यसबारे थप विवरण आउन बाँकी रहेको छ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?