देशभरको मौसममा बदली, केही स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना

काठमाडौं । देशको पश्चिमि भेगमा आंशिक देखि सामान्य बदली रहनेछ भने अन्य भूभागमा आंशिक बदली रहने देखिन्छ तथापि अपरान्ह वा साँझ पछि सामान्य बदली रहने मौसम पूर्वानुमानमहासाखाले जनाएको छ । 

देशका थोरै स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको अनसमान गरिएको छ । 

आज राती  देशका मध्य र पूर्वी भु-भागहरुमा सामान्य देखि पूर्ण बदलि र रहनेछ भने पश्चिमि भू-भागहरुमा सामान्य बदली रहने र  देशको पुर्वी तथा मध्य भू-भागका केहि स्थानमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षा हुनेछ भने पश्चिमी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जनका साथ हल्का वर्षाको संभावना रहेको छ । तराईका केहि स्थानहरुमा हुरि बतास चल्ने संभावना छ। हिमालि भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावनाको अनुमान गरिएको छ । 

मंगलवार देशका पूर्वी र मध्य भु-भागमा आंशिक देखि सामान्य बदली र पश्चिमि भु-भागमा  आंशिक बदली रहनेछ । देशको पूर्वि र मध्य भू-भागका केहि स्थानमा र पश्चिमका १-२ स्थानहरुमा मेघ गर्जन सहित वर्षाको संभावना देखिन्छ। पूर्वि तराईका केहि स्थानहरुमा हुरि बतास चल्ने संभावना छ  । मध्य र पूर्वी हिमालि भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना छ । 

त्यसैगरि रातिको समयमा देशका पूर्वी भु-भागमा आंशिक देखि सामान्य बदली र बाँकि भु-भागमा आंशिक बदली रहनेछ । देशको पुर्वी तथा मध्य भू-भागका केहि स्थानमा र पश्चिमी पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जनका  साथ हल्का वर्षाको संभावना देखिन्छ। पूर्वि तथा मध्य तराईका केहि स्थानहरुमा हुरि बतास चल्ने संभावना छ, मध्य र पूर्वी हिमालि भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना छ ।

बुधवार देशको प्राय स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ तथापि अपरान्ह पश्चात सामान्य बदलि भई मेघ गर्जन सहित हल्का वर्षाको संभावना  रहेको पूर्वानुमान महासाखाले जनाएको छ । 
राति देशभरि आंशिक बदलि रहनेछ । देशको थोरै स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?