गरिवी निवारण कोष सञ्चालनको कार्यशैलि परिवर्तन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरिवी निवारण कोष सञ्चालनको कार्यशैलि परिवर्तन गर्न निर्देशन दिएका छन् ।
कोषका सञ्चालक समिति अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले संघीय संरचना र स्थानीयतहको क्षेत्राधिकारलाई समेत मध्यनजर गर्दै पुनःसंरचनागर्न आग्रह गरे ।
उनले  कोषलाई गरिव र विपन्न वर्गको क्षमता विकासमा केन्द्रित हुन र उद्यमशीलता प्रवद्र्धन गर्दै गरिवी निवारणमा ठोस उपलब्धि हासिल हुने गरी कार्यक्रम सञ्चालन गर्न पनि निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीले कोषका कार्यक्रमहरु थप पारदर्शी र जवाफदेही ढंगले सञ्चालन गर्न निर्देशन दिए ।
यस्तै अर्थमन्त्री डा. युवराज खतिवडाले गरिवी निवारण गर्ने जिम्मेवारी तीनवटै तहको भएपनि सामूदायिक संस्थाहरुको सञ्चालन र व्यवस्थापना गर्ने जिम्मेवारी स्थानीयतहकै हुनुपर्ने विचार व्यक्त गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?