द काठमाडौं मल व्यापार संघका पदाधिकारीहरुबाट सामुहिक राजीनामा

काठमाडौं ।  राजधानीको मुटु सुन्धारामा अबस्थित सरकारी संचयकोष व्यापारिक भवन काठमाडौं मलमा रहेको द काठमाडौं मल व्यापार संघका पदाधिकारीहरुले सामुहिक राजीनामा दिएका छन् ।

लामो समय देखि विवादमा रहेको तथा संचयकोषले आफ्नै प्रयोजनको लागि मललाइ खाली गर्न निर्देशन दिएको अबस्थामा गठित नयाँ कार्य समिति द काठमाडौं मल ब्यापार संघका पदाधिकारीहरुले सामुहिक राजीनामा दिएका हुन् ।

संघका बरिष्ट उपाधक्ष्य सहित महासचिब लगायतले उक्त संघ बाट राजिनामा दिएका छन् । राजीनामा पत्रमा भनिएको छ : संघका अधक्ष्यले संघलाई मनोमानी ढंगले एकलौटी स्वबिबेकले चल्ने गरेको कारणले राजीनामा दिएको जानकारी गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?