वर्षाका कारण स्थगित भयो ‘मातृभूमि कप क्रिकेट’

काठमाडौं । 'मातृभूमि कप क्रिकेट' प्रतियोगिता स्थगित भएको छ । 

तर, शनिबार बिहानैदेखि काठमाडौं उपत्यकामा वर्षा भएपछि निर्धारित खेल स्थगित भएको हो । 

धुर्मुस सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको सहयोगार्थ आयोजना गरिएको थियो । अब स्थगित खेल मौसममा सुधार आएपछि सञ्चालन आयोजकहरुले जानकारी दिएका छन् । 

कहिल्यै ब्याट र बल नसमाएका कलाकारहरू प्रतिष्पर्धाका लागि केही समयदेखि जुटेका छन् । उनीहरुलाई राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक जगत टमाटाले नै प्रशिक्षण दिएका थिए । 
क्रिकेटर र कलाकारहरुलाई ‘ए’ र ‘बी टोलीमा विभाजन गरेर खेलाउने आयोजकको योजना छ । क्रिकेटरको ‘ए’ टिमको नेतृत्व पारस खड्काले र ‘बी’ टिमको नेतृत्व ज्ञानेन्द्र मल्लले गर्नेछन् ।

कप्तान पारसको टोलीमा अनिल साह, शरद भेषावकर, ललित नारायण राजवंशी, सोमपाल कामी, अविनास बोहोरा, सन्दीप जोरा, रोहित कुमार पौडेल, सुनिल धमला, कमल सिंह ऐरी, आरिफ शेख र भुवन कार्की रहेका छन् ।

उपकप्तान ज्ञानेन्द्रको टोलीमा दिपेन्द्र सिंह ऐरी, विनोद भण्डारी, बसन्त रेग्मी, करण केसी, ललित भण्डारी, भिम सार्की, पवन शर्राफ, विक्रम शोब, सुशन भारी, दिलिप नाथ र प्रदीप ऐरी रहेका छन् ।

यस्तै कलाकारको ‘ए’ टिमको नेतृत्व मदनकृष्ण श्रेष्ठले र ‘बी’ टिमको नेतृत्व हरिवंश आचार्यले गर्ने जनाइएको छ ।

खेलको टिकट मुल्य  ३ सय र १ हजार राखिएको थियो । फाउण्डेशनले निर्माण गर्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला चितवनको भरतपुरमा निर्माण हुनेछ ।  डीपीआर तयार भएको २ वर्षभित्र निर्माण सम्पन्न हुने रंगशाला निर्माणको लागि ३ अर्ब लाग्ने बताइएको छ ।

खेलबाट उठेको रकमको १५ प्रतिशत हिस्सा बाराका हुरी पीडितहरुलाई दिने  फाउन्डेसनले घोषणा गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?