नेपाली सवार ट्याक्सी युएईमा दुर्घटना, दुई जनाको मृत्यु, दुई गम्भीर घाइते

काठमाडौं । दुबई युएईको आबुधाबीमा ट्याक्सी दुर्घटना भएको छ ।  

उपचारका लागि अस्पताल जाँदै गरेका नेपाली सवार रहेको ट्याक्सी दुर्घटनामा दुईजनको  मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा नवलपरासी कावासोतीका निरोज परियार र स्थायी ठेगाना नखुलेका शान्ति विश्वकर्माको रहेका छन् । घाइते २ को पनि परिचय खुलेको छैन् ।

ट्याक्सीलाई कारले ठक्कर दिँदा दुर्घटना भएको बताइएको छ । 

मृतकको शव अबुधाबीको खालिफा अस्पतालमा राखिए र गम्भीर घाइते २ को सोही अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाबारे थप विवरण आउँन भने  बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?