काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा विदेशी मुद्रासहित ५ नेपालीलाई नियन्त्रणमा लिएको छ । शुक्रबार दिउँसो थाइ एयरबाट बैंकक जाँदै गरेका एकै परिवारका ५ सदस्यलाई नेपाल प्रहरीको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले पक्राउ गरेको हो ।
नियन्त्रणमा परेकामा ४८ वर्षीय सुवास श्रेष्ठ, उनकी श्रीमती उमादेवी श्रेष्ठ, १७ र ४ वर्षका २ छोरी र ११ वर्षका १ छोरा रहेका छन् ।
ठूलो परिमाणमा विदेशी मुद्रा लिएर विदेश जान लागेको जानकारी गोप्य स्रोतबाट पाएपछि प्रहरीले श्रेष्ठ परिवारको चेकजाँच गरेको र ४ भिन्न देशका मुद्रा भेटेको एसएसपी सन्दीप भण्डारीले जानकारी दिए ।
श्रेष्ठ परिवार काठमाडौं महानगरपालिका–७ मित्रपार्कमा बस्दै आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया