खुला ठाउँमा शौच गर्ने १७ जना पक्राउ

महोत्तरी । महोत्तरीमा खुला ठाउँमा शौच गर्ने १७ जना पक्राउ परेका छन् ।

खुला रुपमा शौच गरेको आरोपमा जलेश्वर नगरपालिका- ३, ४, ६ र १२ नम्बर वडाबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । पक्राउ परेकाहरूको नाम भने खुलाइएको छैन ।

पक्राउ परेका सबैलाई आगामी दिनमा खुला ठाउँमा शौच नगर्ने सर्तमा जनही ५०० जरिवाना गरी छोडिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?