मनमोहक पोखरा, हलुका घाममा यसरी उघ्रियो (फोटोफिचर)

औधी सुन्दर प्राकृतिक मनोरम दृश्यको रसपान गर्न पाईने पर्यटकीय नगरी पोखरा मध्य नेपालमा पर्छ ।

लेखनाथ महानगरपालिका र ४ वटा गाउँपालिका समेत रहेको पोखरा उपत्यकाबाट बिजयपुर, कोत्रे लगायतका खोलाहरू सेती नदीको जलधारामा मिसिएर पोखरा उपत्यका बाहिर निस्कन्छन् ।

पोखरा पुग्ने जो कोहिले पनि नछुटाउने ताल हो, फेवा ताल, बेगनास ताल, रूपा ताल ।

यसबाहेक पोखरामा खास्टे ताल लगायतका ठूलो तथा मैदी दिपाङ, कमलपोखरी लगायतका साना तालहरू र सेती नदी हिमाली छायां तथा झरनाहरू अवस्थित छन् । 

पोखरेलीहरुको मुख्य व्यवसाय पर्यटन हो ।

उनीहरुको मिठो लवज तथा आतिथ्यले जो कोहिको पोखरा बसाई लम्ब्याउँछ ।

तालहरुमा गरिने डुङ्गा सवारले अतिनै आनन्दीत तुल्याउँछ । अन्नपूर्ण पदयात्रामार्ग पनि यही बाट शुरू हुन्छ ।  

पोखराको घुमघाममा निस्किएकी निता सत्यालले केहि तस्वीरहरु कैद गरिकी छिन् ।  

 


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?