जनकपुरधाम – स्वतन्त्र मधेश अभियानको नेतृत्व गर्ने चन्द्रकान्त (सिके) राउतले नेपाल सरकारसँग लिखित सम्झौता गर्दै राष्ट्रिय अखण्डता स्वीकारेपनि कार्यकर्तालाई पुरानै प्रशिक्षण (विखण्डनकारी नीति) अनुरुप परिचालन गरिरहेका छन्। काठमाडौंमा सरकारसँग ११ बुँदे सम्झौतागरी आइतबार जनकपुर आएका राउतलाई स्वागत गर्न विमानस्थल पुगेका सयौं कार्यकर्ताले पुरानै गतिविधिलाई निरन्तरता दिए।
स्वतन्त्र मधेस देश स्थापनाको लागि अभियान जारी राखेको भन्दै उनीहरूले ‘आजाद मधेस’ लेखिएको पुरानै झन्डा प्रदर्शन गरे। राउतलाई स्वागत गर्दै कार्यकर्ताले ‘हमको चाहिए आजादी’ र ‘गलीगलीमे नारा है, मधेस देश हमारा है’ जस्ता नारा लगाइरहँदा उनले न त्यस्तो नारा लगाउन रोके न सरकारसँग भएको सम्झौताबारे कार्यकर्तालाई सम्बोधन गरे। यसबारे सञ्चारकर्मीले बोल्न बारम्बार ताकेदा गरे पनि उनले मुख खोलेनन्। नागरिक दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया