WWW.LOKPATH.COM अनलाईन न्यूज पोर्टलमा तपाईंलाई हार्दिक स्वागत छ ।आज मिति २०७५ साल फागुन २७ गते देश दुनियाँमा के–के घटना भए ? जान्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् र ५ मिनेटमा थाहा पाउनुहोस् देशभर भएका घटनाहरुमध्ये ट्रेन्डिङमा रहेको १८ घटनाहरु । यूट्युवमा गएर LOKPATH TV टाईप गरी हाम्रा सम्पूर्ण समाचार मूलक, जानकारी मूलक मनोरञ्जनात्मक भिडियोहरु हेर्न सक्नुहुन्छ । अन्तमा LOKPATH TV लाई सब्स्क्राईब गर्न नबिर्सनुहोस् ।
1. विष्णु रिमालको यस्तो ट्वीट, साच्चै रुष्ट भएका हुन् ? : शुक्रवार स्वतन्त्र मधेशको अभियान चलाउँदै आएका सीके राउत र सरकारबीच ११ बुँदे सहमति भएपछि अहिले राजनीति तरंगित बनेको छ । सहमतिलाई लिएर सत्तारुढ दल नेपाल कक्युनिष्ट पार्टीभित्रैबाट विरोध शुरु भएको छ ।
2. सरकार र राउतबीच भएको सहमतिबारे बाबुराम भन्छन्, ‘दालमें कुछ काला है ! ’ : नयाँ शक्ति पार्टीका संयोजक डा। बाबुराम भट्टराईले सरकार र सीके राउतबीच भएको सहमतिबारे शंका व्यक्त गरेका छन् । शुक्रवार सरकार र सीके राउतबीच भएको ११ बुँदे सहमतिलाई लिएर सामाजिञ सञ्जाल ट्वीट मार्फत शंका व्यक्ति गरेका हुन् । उनले ‘सरकार र राउतबीच भएको सहमतिबारे ‘दालमें कुछ काला तो है१’ भन्दै ट्वीट गरेका हुन् ।
3. विप्लवले मेरो नक्कल गरेर प्रचण्ड हुन्छु भन्ने सोच्नु मुर्खता – प्रचण्ड : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नित्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आफ्नो नक्कल गर्न खोजेको आरोप लगाएका छन् । सोमवार पोखरामा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले २५ वर्ष अगाडि आफूले गरेको जनयुद्धको नक्कल गर्छु भनेर अगाडि बढे पार नलाग्ने बताए । यद्यपी वार्तामार्फत मूलधारको राजनीतिमा आउन समेत आग्रह गरे ।
4. भरतपुर विमानस्थलमा उपकरण थप्ने तयारी, धावनमार्गमा ‘ओभर ले’ गरिदैँ : भरतपुर विमानस्थलभित्र भौतिक संरचना र उपकरण व्यवस्थापन गर्ने कार्यलाई तीव्रता दिइएको छ । विमानस्थलमा अत्यावश्यक तर, हालसम्म जडान नभएका उपकरण भित्र्याइएको छ भने विभिन्न संरचना निर्माण कार्य भइरहेका छन् ।
5. लालिगुँरास अजम्बरी चम्पा चमेली : ‘लालिगुँरास अजम्बरी चम्पा चमेली’, गायिका कुन्ती मोक्तानको स्वरवद्ध रहेको यो गितले कुनै बेला नेपाली संगित क्षेत्रमा तहल्का मच्चाएको थियो । यहि गितलाई स्मरण गर्दै लालिगुँरास फुललाई हातमा लिएर होस् वा सिरमा सजाउँदै फोटो खिच्ने युवा(युवतीहरुको भिड पनि बाक्लो छ । त्यहि पोष्ट भएका सुन्दर फोटोहरु अहिले सामाजिक सञ्जालमा छ्याप(छ्याप्ती देखिन्छ ।
6. प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्रिय अखण्डताका विषयमा जनमत संग्रह हुन सक्दैन’ : सरकार र सीके राउतबीच भएको सहमतिले मुलुक तरंगित बनिहरेको बेला प्रधनमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखण्डताका विषयमा जनमत संग्रह हुन नसक्ने बताएका छन् । सोमवार राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक उत्सव कार्यक्रममा सहभागि भएका प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
7. विमानस्थल परिसरमा जनचेतनामूलक कार्यक्रम तथा सरसफाइ (तस्वीर सहित) : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा आज सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम गरिएको छ । विमानस्थलले गत फागुन १५ गते भएको हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको १३औँ पुण्यतिथिको अवसरमा सरसफाइ गरेको हो ।
8. आमा ! म छाउघर जानै पर्न्या हो ? : पहिलोपटक महिनाबारी भएकी रिनाले छाउगोठ बस्न मानिनन् तर जसरी पनि त्यहाँ गएर बस्नैपर्ने घरपरिवारको दबाब आएपछि उनले आमासँग रुदै भनिन् ,“आमा १ म छाउघर जानै पर्न्या हो’’ कतै उनीलाई आमाले छाउघर जानबाट रोक्छिन् भन्ने आशाले फेरि पनि आग्रह गरिन् ‘‘छाउ बस्न डर लाग्छ नगया हुदैन ।’’
9. प्रधानमन्त्री र अर्थमन्त्री अनुपस्थित हुँदा अर्थ समितिको बैठक स्थगित : प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री युवराज खतिवडा अनुपस्थित हुँदा अर्थ समितिको बैठक स्थगित भएको छ । सार्वजनिक निजी साझेदारी तथा लगानी सम्बन्धी विधेयकमा छलफल गर्न सोमवार दिउँसो १ बजेको लागि बोलाइएको अर्थ समितिको बैठक स्थगित भएको हो ।
10.बाटैमा छुट्यो जिन्दगीको रथ….अलबिदा एकता अधिकारी ! : आइतवार इथियोपियाको राजधानी अदिस अबाबाबाट केन्याको लागि उडेको विमान दुर्घटनामा गोरखा घर भई इथियोपियाको विश्व खाद्य कार्यक्रम ९डब्ल्युएफपी० मा कार्यरत एकता अधिकारीको मृत्यु भयो । एकता अधिकारीसँगै विमानमा यात्रारत चालक दलका ८ सदस्यसहित सबै १ सय ५७ जनाको निधन भयो ।
11. महिला साफ च्याम्पियनसिप – नेपाली टिम शारीरिक र मानसिक रुपमै फिट स् प्रशिक्षक खड्का : महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता भोली ‘मंगलवार’देखि विराटनगरमा शुरु हुँदैछ । शहिद रंगशालामा हुने उद्घाटन खेलमा आयोजक नेपालले भुटानको सामना गर्दैछ । प्रतियोगिता शुरु हुनु पुर्वसन्ध्यामा बोल्दै नेपाली टिमका मुख्य प्रशिक्षक हरि खड्काले खेलाडीहरु शारीरिक तथा मानसिक रुपमा बलियो रहेको बताएका छन् ।
12. स्वतन्त्र मधेशको नारा लगाइनु अन्तिम विदाई – गृहमन्त्री : आइतवार जनकपुरमा सीके राउतका कार्यकर्ताले ‘स्वतन्त्र मधेशको नारा’ लगाउनुलाई सरकारले अन्तिम विदाई कार्यक्रम भएको टिप्पणी गरेको छ । प्रदेश ५ स्तरीय सुरक्ष गोष्ठीमा सहभागी हुन भैरहवा पुगेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सञ्चारकर्मीहरुसँग कुरा गर्दै ‘स्वतन्त्र मधेशको नारा’ लगाउनु अन्तिम विदाई भएको बताएका हुन् ।
13. वर्षकै उत्कृष्ट महिला क्रिकेट खेलाडी भन्छिन्, खेलाडी बन्ने सपना नै महंगो छ : ‘घरबाट खासै सपोर्ट थिएन तर मैले खेल्न छोडिन । खेलमार्फत् राष्ट्रलाई प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय स्तरका खेल खेलेपछि मात्रै खेलप्रति परिवारको विश्वास ब्युँतियो ।’चाहे जुनसुकै खेल होस् र जोसुकै खेलाडी आफ्नो जीवन कथा भन्दा प्रायले नछुटाउने वाक्य हो यो ।
14. जनकपुरमा लगाइएको नारा राष्ट्र विरोधी, राउत आफ्नो स्वार्थपूर्तिमा लागेको स्पष्ट- कमल थापा : राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का अध्यक्ष कमल थापाले सीके राउतले विखण्डनको मुद्दा नछोडेको भए तत्काल कारबाही गर्नुपर्ने बताएका छन् । शुक्रवार सरकारले सीके राउतसँग गरेको ११ बुँदे सहमति विपरित विखण्डनको नारा लगाउन शुरु गरेको हो भने सरकारले फेरी पक्राउ गरि कारबाही गर्नुपर्ने बताएका हुन् ।
15. कार्यकर्ता पुरीको हत्याको विरोधमा तरुण दलद्वारा देवदहमा चक्काजाम : रुपन्देहीको देवदहमा आइतवार साँझ अज्ञात समूहको आक्रमणबाट तरुण दलका सक्रिय कार्यकर्ता अनिश पुरीको निधन भएको विरोधमा देवदह क्षेत्रमा चक्काजाम गरिएको छ । तरुण दलले देवदह क्षेत्रमा मुख्य राजमार्ग सोमवार दिउँसो २ बजेदेखि चक्काजाम गरेको छ ।
16. जनकपुरबाट सुनचाँदीसहित दुई भारतीय नागरिक पक्राउ : प्रहरीले १ सय ग्राम सुन र २५ किलो चाँदीसहित दुई भारतीय नागरिकलाई जनकपुरबाट पक्राउ गरीएको छ ।
जनकपुर उपमहानगरपालिका १५ स्थित भित्री सडकखण्डबाट लुकाईछिपाई भारततर्फ लैजान लागेको अवस्थामा प्रहरीले करिब १ सय ग्राम सुन र करिब २५ किलो चाँदीसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
17. रेशम चौधरीको निर्णयपछि सरकारलाई गरेको समर्थन फिर्ता लिनु संयोगमात्र – राजपा नेता झा : राष्ट्रिय जनता पार्टी ९राजपा० नेपालले आफ्नो माग पूरा गराउन छिट्टै आन्दोलन शुरु गर्ने बताएको छ । सोमवार काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै राजपा अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झाले अब आफ्नो माग पूरा गराउन सदन र सडकबाट पुनः आन्दोलन शुरु गर्ने बताएका हुन् ।
18. भारतीय लोकसभा निर्वाचन चैत २८ देखि जेठ ५ गतेसम्म : भारतीय लोकसभाको निर्वाचनको मिति आइतवार घोषणा गरिएको छ । भारतीय निर्वाचन आयोगका प्रमुख आयुक्त सुनिल आरोडाले आगामी चैत २८ देखि जेठ ५ गतेसम्म ९ अप्रिल ११ पछि मे १९० सम्म विभिन्न सात चरणमा निर्वाचन गर्नेगरी निर्वाचनको मिति सार्वजनिक गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया