अवैध लागूऔषधसहित एक पक्राउ

काठमाडौं । काठमाडौंको फर्पिङ बजारबाट अवैध लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा पर्सा वीरगञ्ज १२ बस्ने ३१ वर्षीय इश्वर बहादुर उदास रहेका छन् ।

दक्षिणकाली नगरपालिका ५ फर्पिङ बजारमा शंकास्पद रुपमा हिडिरहेको अवस्थामा प्रहरीले चेकजाच गर्नेक्रममा अवैध लागूऔषधसहित इश्वर पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायव उपरीक्षक होविन्द्र वोगटीले जानकारी दिए । 

प्रहरीले उनको साथबाट प्रहरीले २ एम.एल.फेनाररगन ४५ थान, २ एम.एल.नुफिन ४५ थान, २ एम.एल.डाईजेल्याब ४५ थान र अवैध लागूऔषध इन्जेक्सन औषधी बरामद गरिएको  प्रहरी नायव उपरीक्षक वोगटीले बताए । 

उनलाई नियन्त्रणमा लिइ आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी वृत्त किर्तिपुर पठाइएको उनले बताए 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?