धनुषा । प्रहरीले १ सय ग्राम सुन र २५ किलो चाँदीसहित दुई भारतीय नागरिकलाई जनकपुरबाट पक्राउ गरीएको छ ।
जनकपुर उपमहानगरपालिका १५ स्थित भित्री सडकखण्डबाट लुकाईछिपाई भारततर्फ लैजान लागेको अवस्थामा प्रहरीले करिब १ सय ग्राम सुन र करिब २५ किलो चाँदीसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
भारत मधुवनी बस्ने ३७ वर्षीय कृष्णकुमार महतो र सोही ठाउँ बस्ने ३० वर्षीय रूपेश महतोलाई आइतवार साँझ प्रहरीले पक्राउ गरेको हो ।
कुवाबाट लोहना हुँदै भारततर्फ जाँदै गरेको बिआर ३२ एस ४३५७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलको ट्याङ्की मुनी लुकाईछिपाई राखेको अवस्थामा प्रहरीले फेला पारेको हो ।
पक्राउ परेका दुई जनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया