बुटवल । रुपन्देहीमा नेपाल तरुण दलका एक कार्यकर्ताको हत्या भएको छ ।
तरुण दलको सक्रिय कार्यकर्ता रहेको देवदह नगरपालिका ५ का २० वर्षीय अनिश पुरीको आइतवार राति भुलहीमा अज्ञात समूहले आक्रमण गरी हत्या गरेको हो।
मोटरसाइकलमा खैरेनीबाट भलुहीतर्फ जाँदै गरेका पुरीलाई अज्ञात समूहले आक्रमण परि गम्भरि घाइते भएका पुरीको उपचारका लागि देवदह मेडिकल कलेज भलुही थियो । त्यस लगत्तै चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिए ।
प्रहरीका अनुसार पुरीलाई आक्रमण गर्ने समूह फरार रहेको छ । तर, केहीमाथि शंका लागेर नियन्त्रणमा लिइ अनुसन्धान शुरु गरेको प्रहरी नायव अपरीक्षक मल्लले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया