ट्राफिक प्रहरीले ३५ प्रतिशतसम्म भत्ता पाउने

काठमाडौं–ट्राफिक प्रहरीलाई गृह मन्त्रालयले अतिरिक्त भत्ताको प्रस्ताव गरेको छ ।

 सडकमा दैनिक १५ घन्टासम्म खटिने उनीहरूलाई ३५ प्रतिशतसम्म प्रोत्साहन भत्ताको प्रस्ताव अघि बढाइएको गृह मन्त्रालयले जनाएको छ ।

गृहले भत्तासम्बन्धी प्रस्ताव अर्थ मन्त्रालयमा पठाएको छ । गृहको प्रस्तावअनुसार डिएसपीसम्मका प्रहरीले प्रोत्साहन भत्ता पाउनेछन् ।

 डिएसपीलाई बेसिक तलबको १० प्रतिशत, इन्स्पेक्टरलाई २०, सइ, असइलाई २५ तथा हवल्दार, सिपाही र कार्यालय सहयोगीलाई ३५ प्रतिशत भत्ता दिने प्रस्ताव गरिएको छ । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?