बुटबल–अज्ञात समुहको आक्रमणबाट रुपन्देहीको देवदहमा एक जनाको मृत्यु भएको छ ।
आइतबार मोटरसाइकलमा सवार व्यक्तिलाई देवदह भलुहीमा अज्ञात समुहले आक्रमण गरेको हो । आक्रमणमा परी मृत्यु हुनेमा देवदह नगरपालिका वडा नम्बर ५ का अन्दाजी २० वर्षीय अमिस पुरी रहेको प्रहरीले जानकारी दिएको छ ।
देवदह प्रहरी चौकी खैरनीका प्रहरी नायब निरीक्षक भरत थापाका अनुसार मोटरसाइकलमा खैरेनीबाट भलुहीतर्फ जाँदै गर्दा उनलाई अज्ञात समुहले आक्रमण गरेको थियो ।
आक्रमणबाट गम्भीर घाइते भएका पुरीको उपचारका लागि देवदह मेडिकल कलेज भलुही लगिएकोमा डाक्टरले मृत घोषणा गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया