WWW.LOKPATH.COM अनलाईन न्यूज पोर्टलमा तपाईंलाई हार्दिक स्वागत छ । आज मिति २०७५ साल फागुन २६ गते देश दुनियाँमा के–के घटना भए ? जान्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् र ५ मिनेटमा थाहा पाउनुहोस् देशभर भएका घटनाहरुमध्ये ट्रेन्डिङमा रहेको १८ घटनाहरु । यूट्युवमा गएर LOKPATH TV टाईप गरी हाम्रा सम्पूर्ण समाचार मूलक, जानकारी मूलक मनोरञ्जनात्मक भिडियोहरु हेर्न सक्नुहुन्छ । अन्तमा LOKPATH TV लाई सब्स्क्राईब गर्न नबिर्सनुहोस् ।
1. सीके राउतसँग जनमत संग्रहको सहमति नभएको सरकारको स्पष्टीकरण : सरकारले स्वतन्त्र मधेस गठबन्धनसँग जनमत संग्रहको सहमति नभएको स्पष्ट पारेको छ ।शुक्रबार भएको ११ बुँदे सहमतिलाई सिके राउत स्वयंले जनमत संग्रह गर्ने सहमतिका रुपमा ब्याख्या गरेपछि सत्तारुढ र विपक्षी सांसदहरुले आज बसेको प्रतिनिधिसभाको बैठकमा प्रश्न उठाएका थिए ।
2. सीके राउतका कार्यकर्ताद्वारा पत्रकारमाथि दुर्व्यहार : गत शुक्रवार सरकारसँग ११ बुँदे सहमति गरेका डा। सीके राउतका कार्यकर्ताले जनकपुरमा पत्रकारलाई दुर्व्यहार गरेका छन् । आइतवार जनकपुर पुगेका सीके राउतलाई स्वतन्त्र मधेश गठबन्धका भनिएका कमाण्डोको कडा सुरक्षाबीच जनकपुरी नगरिको भ्रमण गर्ने बुझिएको छ ।
3. इथियोपियन एयरलाइन्स दुर्घटना (अपडेट) विमानमा सवार एक सय ५७ को मृत्यु : इथियोपियामा विमान दुर्घटनामा एक सय ५७ जनाको मृत्यु भएको छ । इथियोपियाको राजधानी एडिस अबाबाबाट केन्याको नैरोवीतर्फ जाँदै गरेको जेट विमान उडेको ६ मिनेटमै दुर्घटनामा परेको र त्यसमा सवार सबै १५७ जनाको मृत्यु भएको इथियोपियन एयरलाइन्सले जनाएको छ ।
4. जनमत संग्रहको कुरा अस्वीकार्य मात्र होइन राष्ट्रघाती हो- नेता केसी : नेपाली कांग्रेस प्रभावशाली नेता तथा केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले स्वतन्त्र मधेश गठबन्धनका नेता सीके राउतसँग भएको सहमतिप्रति आशंका व्यक्त गरेका छन्। शुक्रवार राउत र सरकारबीच ११ बुँदे सहमति भएको थियो ।
5. सीके राउतको पक्षमा बोल्दै नेता बस्नेत भने, 'सम्झौताका कारण सेलिब्रेटी नेताहरुलाई ज्वरो आयो : नेपाल कम्युनिष्ट पार्टीका नेता महेश बस्नेतले सेलिब्रेटी नेताहरुलाई ज्वरो आएको बताएका छन् ।सरकार र स्वतन्त्र मधेस गठबन्धनबीच भएको ११ बुँदे सहमतिपछि सेलिब्रेटी नेताहरुलाई ज्वरो आएको नेता बस्नेतले बताएका हुन् ।
6. ठेकेदारले उखेले दिपायलका सौर्यबत्ती : जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिपायलमा जडान गरिएका सौर्यबत्ती ठेकेदारले उखेल्न थालेका छन् । आफूहरुसँग गरिएको सम्झौताअनुसार रकम नदिएको भन्दै सरकारी अनुदानमा दिपायलको पिपल्ला बजारमा जडान गरिएका सौर्यबत्ती ठेकेदारले उखेल्न शुरु गरेका हुन् ।
7. बैतडीमा स्थानीय र प्रहरीबीच झडप, १८ राउण्ड हवाइ फायर : बैतडीमा आइतवार स्थानीय बासिन्दा र प्रहरीबीच झडप भएको छ । सडक बिस्तारका क्रममा शनिवार रोलरले किचेर एक जना विद्यार्थीको मृत्यु भएको घटनालाई लिएर पाटन नगरपालिका बासिले विरोध प्रदर्शन गरेपछि १८ राउण्ड हवाइ फायर गरेको प्रहरीले दाबी गरेको छ ।
8. महोत्सवमा एकै दिन पाँच लाखको टिकट बिक्री, गौतमबुद्ध अन्तर्राष्ट्रिय खेलमैदानका लागि १३ हजार रुपैयाँ संकलन : नेपाल चेम्वर अफ कमर्शले जिल्लाको दिपायलमा आयोजना गरेको प्रादेशिक महोत्सवमा एकै दिनमा पाँच लाखभन्दा बढीको टिकट बिक्री भएको छ । यही फागुन १७ गतेदेखि शुरु भएको उक्त महोत्सवमा हिजो ‘शनिवार’ एकै दिनमा महोत्सवस्थल भरिभराउ भएपछि आयोजकले केही समयका लागि टिकट बिक्रीमा समेत रोक लगाएको थियो ।
9. महिला भलिबल प्रतियोगितालाई केएनपी जापानको साथ : आगामी वैशाख १० गतेदेखि शुरु हुने पाँचौ राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई केएनपी जापानले मुख्य प्रायोजन गर्ने भएको छ । शेर बहादुर खड्का स्मुति प्रतिष्ठानको आयोजनामा हुन लागेको यो प्रतियोगितालाई केनपी जापानले विगत तीन वर्षदेखि मुख्य प्रायोजन गर्दै आइरहेको छ ।
10. उडानमा कटौतीले यात्रु मर्कामा : सप्तरीको राजविराजस्थित विमानस्थल सञ्चालन भएको नौ महिना नबित्दै श्री एयरलायन्सले आफ्नो नियमित उडानमा कटौती गरेको छ । हप्ताको पाँच दिन चल्दै आएको हवाई सेवा कटौती गरेर अब तीन दिनमा पु(याइएपछि यात्रुलाई समस्या हुने गरेको पाइएको छ ।
11. राष्ट्रिय सुरक्षा नीति मस्यौदा, नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने : नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने तर, सैनिक अभ्यासमा भने सहभागी हुने भएको छ ।उपप्रधानमन्त्री तथा रक्षामन्त्र इश्वर पोखरेल नेतृत्वको कार्यदलले पाँच महिना लगाएर तयार पारेको राष्ट्रिय सुरक्षा नीति मस्यौदा नेपाल अब कुनै पनि सैन्य गठनबन्धमा सहभागी नहुने उल्लखे छ ।
12. सीके राउतसँग सरकारले गरेको सम्झौता मुलुकका लागि दुर्भाग्यपूर्ण -राप्रपा नेता निरञ्जन थापा : राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का नेता तथा पूर्वमन्त्री निरञ्जन थापाले सरकारले सीके राउत गरेको सम्झौता डरलाग्दो रहेको बताएका छन् ।कहिल्यै उपनिवेशन नभएको नेपालको तराईमा जनमत संग्रह गराउने गरी स्वतन्त्र मधेशको माग गर्दै हिडेको व्यक्तिसँग सरकारले सम्झौता गर्नु मुलुकका लागि दुर्भाग्यपूर्ण भएको दाबी गरेका हुन् ।
13. खेलकूदमा लगानी बढाउन सुझाव : प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गत गठित युवा तथा खेलकूद उपसमितिले आफ्नो प्रतिवेदन समितिका सभापति जयपुुरी घर्तीलाई बुझाएको छ । समितिको आइतवारको बैठकमा उपसमितिका संयोजक जीवनराम श्रेष्ठले समितिका सभापति घर्तीलाई प्रतिवेदन हस्तान्तरण गरेको हो ।
14. कोटेश्वर-कलङ्की सडकमा सुधार, आकाशेपुल निर्माणको काम धमाधम हुँदै : कोटेश्वर–कलङ्की सडकमा चालक र यात्रुलाई सहज बनाउनका लागि सामान्य सुधारका काम शुरु भएको छ ।
चिनियाँ निर्माण कम्पनीले सडक विस्तारको काम सम्पन्न गरेर हस्तान्तरण गरेसँगै सुधारका काम शुरु भएको सडक विभागले जनाएको छ ।
15. बम विस्फोटको विरोध गर्दै आज देशभरका म्यानपावर बन्द : शुक्रवार साँझ भएको बम विस्फोटको विरोध गर्दै आज (आइतवार) देशभरका म्यानपावर बन्द गरिएको छ । वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङ घरमा पार्क गरी राखेको कारमा शुक्रवार साँझ भएको बम विस्फोटको विरोध गर्दै आज देशभरका म्यानपावर बन्द गरिएको हो ।
16. मधेशमा जनमत संग्रह अस्वीकार्य – महेन्द्र राय यादव : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकार र सीके राउतबीच भएको ११ बुँदे सहमतिबारे सरकारले संसदमा प्रष्ट जवाफ दिनुपर्ने बताएको छ । आइतवार बसेको प्रतिविधिसभा बैठकमा विशेष समय लिएर बोल्दै राजपा अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवले सो कुरा बताएका हुन् ।
।
17. सरकारलाई सांसद थापाको प्रश्न के–का लागि, कसका लागि जनमत संग्रह : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले सरकार र सीके राउतबीच भएको सहमतिले शंका पैदा गरेको बताएका छन् । आइतवार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद थापाले संविधानको घेरा भित्र रहेर मधेशी जनताको हक अधिकार खोजिने भनि गरेको सम्झौता सकरात्मक भएपछि सहमतिको दुईशज्दावलीको व्याख्याले आशंका पैदा गरेको बताएका हुन् ।
18. साग खेलकुद अघि निर्माण सक्ने गरि पोखरा रंगशालाको शिलान्यास : नेपालमा आयोजना हुने १३ औँ दक्षिण एशियाली खेलकुद ‘साग’को लागि निर्माण गरिन लागेको पोखरा रंगशालाको शिलान्यास गरिएको छ । साग’ अघि नै निर्माणको सम्पूर्ण काम सक्ने गरि पोखरा रंगशलाको आइतवार शिलान्यास गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया