अवैध लागूऔषधसहित रेयाज खाँ पैठान पक्राउ

काठमाडौं । रौतहटबाट पोखरातर्फ जाँदै गरेको ना ४ ख ९८३१ नम्बरको बसबाट अवैध लागूऔषधसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

आइतवार बिहान तनहुँ व्यास नगरपालिका १२ घाँसीकुवास्थित पृथ्वीराजमार्गमा सवारी चेकजाँचको क्रममा प्रहरी अवैध लागूऔषधसहित बारा सिम्रेनगढ नगरपालिका ९ बस्ने वर्ष १९ का रेयाज खाँ पैठानलाई पक्राउ गरेको हो ।   

प्रहरीले उनको साथबाट NOOPHIN थान १५, BUPRENORPHINE १० थान, PHENERGAN 2 ML २५ थान र NITRAZEPAM  १५० वटा चक्की लागूऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरिक्षक श्यामु अर्यालले बताए ।  

पैठानलाई नियन्त्रणमा लिइ लागूऔषध मुद्दामा अदालतबाट म्याद थप गरि थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक अर्यालले जानकारी दिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?