काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका-१०, कमलपोखरीस्थित स्युचाटारमा शंकास्पद वस्तु डिस्पोज गरिएको छ ।
आज बिहान खुला स्थानमा गाडेको अवस्थामा प्रेसर कुकुर जस्तो देखिने वस्तु भेटिएपछि प्रहरीले शंकास्पद वस्तु प्रेसर कुकुर बम भएको हुनसक्ने आशंका गरेको थिायो ।
वस्तु भेटिएलगत्तै, प्रहरीले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेको थियो ।
सेनाको टोलीले शंकास्पद वस्तु डिस्पोज गरिसकेको भने थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया