काठमाडौं । मोरङको बेलबारी नगरपालिका-४ की २६ वर्षीया रमिला राईको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
फागुन १७ गते शुक्रबार रातिदेखि हराइरहेकी राईको हत्या गरी शव गायव बनाउन पुलबाट नदीमा फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । नेकपा बेलबारीका नेता योगेन्द्र गुरुङले एक महिलाको हत्या गरेर शव सप्तकोसी नदीमा फालिदिएको रहस्य खुलेको छ ।
हत्यामा संलग्न एमाले बेलबारीका पूर्वअध्यक्षसमेत रहेका गुरुङलाई प्रहरीले तीन दिनअघि इलामबाट पक्राउ गरिसकेको छ । गुरुङले दिएको बयानका आधारमा दुई दिनदेखि लगातार प्रहरीले कोसी नदी आसपासमा खोजतलासलाई तिव्र बनाएपनि शव भने फेला पार्न नसकिएको मोरङ प्रहरी कार्यालयले जनाएको छ ।
सबै प्रमाण संकलन गरेर घटनासँग जोड्दै अनुसन्धान गर्ने काम भइरहेको छ भने नदीले बगाइसकेका कारण पनि शव नभेटिएको हुन सक्ने प्रहरीको भनाई छ ।
महिला हराएको केही दिनमै गुरुङले पनि बेलबारी छाडेका कारण पनि उनस् शंकाको घेरामा थिए । त्यसै क्रममा भागेर इलाम पुगेका बेला गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले गुरुङले प्रयोग गर्दै आएको बा १५ प ७९१६ नम्बरको कार भने घरैबाट नियन्त्रणमा लिइएको थियो ।
हत्यापछि उक्त गाडीमा शव राखेर नदीसम्म पु¥याएको प्रहरीको दाबी छ । महिला हराएको राति दुवैजना सँगै रहेको र महिला घर नफर्किएपछि परिवारले खोजीका लागि प्रहरीमा उजुरी दिएका थिए ।
हत्या गरिएकी महिला पहिलेका श्रीमानसँग सम्बन्ध विच्छेद गरेर माइतीमै बस्दै आएको भनिएको छ भने उनको गुरुङसँगको सम्बन्धमा थिइन् । उनकी एक छोरी छन् ।
गुरुङका भने श्रीमती र दुई छोराहरु काठमाडौंमा बस्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया