लागूऔषध ओसारपसारमा बसको प्रयोग, एक सय ५ किलो चरेससहित तीन पक्राउ

धादिङ । प्रहरीले धादिङको गजुरीबाट एक सय ५ किलो लागूऔषध चरेससहित तीन जनालाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी र गजुरी प्रहरीको संयुक्त टोलीले काठमाडौंबाट बीरञ्जतर्फ जाँदै गरेको ना५ख २८१२ नं.को चेन्नई एक्सप्रेसको बसबाट आइतवार बिहान एक सय ५ किलो लागूओषध चरेससहित तीन जनालाई नियन्त्रणमा लिएको हो । 

पक्राउ पर्नेमा बस चालक पर्सा बीरगञ्ज महानगरपालिका ८ का ४५ वर्षीय लालबहादुर शाह, करैयामाई ५ मा सहचालक अनिल चौधरी र पर्सा विन्दन्धयवासिनि निवासी १९ वषीृय श्रीराम साह कानु रहेका छन् । 

लागूऔषध किनबेच भएको सूचनाका आधारमा प्रहरीले गजुरीमा बसलाई रोकेर खानतलास गर्दा पछाडिको सीटमुनि प्लास्टिकको ५ वटा पोका पारेर राखेको अवस्थामा उक्त चरेस फेला परेको प्रहरीले जनाएको छ 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?