अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिकी डलरसहित एक पक्राउ

काठमाडौं । महानगरीय प्रहरी अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अवैध अमेरिकी डलरसहित एकजनालाई पक्राउ गरेको छ । कार्यालयको टोलीले विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ क्षेत्रमा अमेरिकी डलर बोकेर हिँडिरहेको अवस्थामा काठमाडौंका ४२ वर्षीय तिमोथी नकर्मीलाई शुक्रवार साँझ पक्राउ गरेको हो । 

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता पूजा सिंहले अवैधरुपमा १ सयका दरले १५ हजार अमेरिकी डलर बोकेर हिँडिरहेको अवस्थामा नकर्मीलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका नकर्मीसँग थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यसैबीच महानगरीय प्रहरी वृत्त बालाजुले जुवातास खेल्ने पाँचजनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले तारकेश्वर नगरपालिका–५ मुड्खुस्थित ग्रिन गार्डेन फ्यामिली रेष्टुरेंन्टमा जुवातास खेल्ने पाँचजनालाई शुक्रवार राति पक्राउ गरेको हो । पक्राउ परेकासँग प्रहरीले तास र  ३७ हजार ५ सय ५ बरामद गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?