२१ तस्वीरमा हेर्नुहोस् मोडर्न कन्याका छात्राहरुले सोधे, सरकार पोल पोलमा, बलात्कार बढ्यो टोल टोलमा !

काठमाडौं । भिमसेनगोला पुरानो बानेश्वरमा रहेको मोडर्न कन्या मल्टिपल कलेजले १ सय ९ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सम्मान कार्यक्रम र -याली आयोजना गरेको छ । 

पाँच सय छात्रा अध्ययनरत सो कलेजले मार्च ८ को अवसरमा महिला हिंसा बन्द गर, छोरीहरुलाई सम्मान गर, निर्मला पन्तलाई न्याय देउ, दण्डहीनता मौलायो, सरकार किन बौलायो ? सरकार कहाँ छ पोलपोलमा ? अपराधी कहाँ छन् टोलटोलमा भन्ने नारा लेखेको पम्प्लेट बोकेर भिमसेनगोलास्थित कलेज प्राङ्गणबाट -याली निकालेर पुरानो बानेश्वर चोक, एपेक्स रोड, कात्यानी चोक हुँदै कलेज प्राङ्गण पुगेर कोणसभामा परिणत गरेका थिए ।

सो अवसरमा आफ्ना पिताको नाममा अक्षयकोष स्थापना गरी ३ लाख ५१ हजार ११ रुपैयाँ प्रदान गर्ने समाजसेवी बत्तीसपुतली निवासी विन्दा रेग्मीलाई कलेजका अध्यक्ष प्रा. डा. रामप्रसाद दाहाल तथा कलेजका प्रिन्सीपल सविन पोख्रेलले सम्मान गरेका थिए । समाजसेवी रेग्मीलाई सम्मान गर्दै कलेजका अध्यक्ष प्रा. डा. दाहालले शिक्षामा उत्कृष्टता हाँसिल गरेमा कुनैपनि महिला कसैबाट पनि हेपिनु दबिनु नपर्ने भएकाले छात्राहरुलाई उत्कृष्ट शिक्षाको लागि प्रयास गर्न आग्रह गरे ।

-यालीमा मोडर्न कन्या मल्टिपल कलेजका छात्रा, शिक्षिका, समाजसेवी महिला, पर्यटन व्यवसायी अन्जली शर्मा, समाजसेवी कान्ति रेग्मी, समाजसेवी सुनिता पोख्रेल, मातृशक्ति बचत तथा ऋण सहकारी सहकारी संस्था लिमिटेडकी अध्यक्ष सिता भट्टराई, बैंकर्स दुर्गालक्ष्मी श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।  

नारी दिवसका अवसरमा निकालिएको -याली परिवर्तनको एउटा झिल्को बाल्न सफल भएको भन्दै शिक्षिका सविता प्रसाईंले दुर दराजका बस्तीहरुका महिलाका अधिकार स्थापित गराउनको लागि सर्वप्रथम आफूबाट परिवर्तन आवश्यक रहेको बताइन् । कार्यक्रमका सबै वक्ताहरुले महिला हिंसा घरबाट अन्त्य गर्नुपर्नेमा जोड दिए । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?