अन्तर्राष्ट्रिय नारी दिवसः ‘लैंगिक समानताका लागि समान सोच र व्यवहार समृद्धिको आधार’

काठमाडौं । आज १०९ औँ अन्तर्राष्ट्रिय नारी दिवस नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । 

हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाइँदै आएको छ । 

नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको सम्झनामा विश्वभर नारी दिवस मनाउने प्रचलन छ ।

यस वर्षको नारी दिवसको नारा ‘लैंगिक समानताका लागि समान सोच र व्यवहार समृद्धिको आधार’ दिइएको छ ।

नेपालमा सरकारी, गैरसरकारी तथा विभिन्न संघसंस्थाहरुले पनि विविध कार्यक्रमहरु आयोजना गरी अन्तर्राष्ट्रि नारी दिवस मनाउन लागिएको छ । 

नेपालमा यसरी मनाउन थालियो नारी दिवस

वि.सं. २०१६ सालदेखि नेपालमा अन्तर्राष्ट्रिय नारी दिवस मनाउन थालिएको हो । 

सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट क्लारा जेट्किन सेक्रेटरी भइन् ।

महिला हक अधिकारको माग गर्दै १९०८ मार्च ८ को दिन अमेरिकाको सिकागो सहरमा महिलाहरूले हड्ताल र विशाल जुलुस प्रदर्शन गरे । पुरुष सरह समान अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनका स्मरण तथा अधिकारको संघर्षको दिनका रुपमा मार्च ८ लाई लिने गरिन्छ । 

जर्मनीकी मार्क्सवादी नेतृ क्लारा जेट्किनले सन् १९१० मा कोपेनहेगेनमा आयोजित महिलाहरुको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा प्रस्ताव गरेकी थिइन् । जसलाई सम्मेलनले पारित गर्यो र सन् १९११ देखि महिला दिवस मनाउन थालियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?