काठमाडौं – राष्ट्रिय जनता पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्तासँगै फेरि मधेस आन्दोलन चर्काउने तयारी थालेको छ। सरकारलाई दिएको समर्थन उसले र्फिता लिँदैमा अकंगणतीय रूपमा केही फरक पर्दैन। सरकारको पक्षमा अहिले पनि प्रतिनिधिसभाका १ सय ९२ सांसदको समर्थन छ। जबकि, दुईतिहाइ पुग्न १ सय ८४ सांसदको समर्थन भए पुग्छ।
राजपाका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतो आफ्नो दलको समर्थन र्फिताले सरकारलाई अकंगणीतमा केही फरक नपरे पनि मधेसको सेन्टिमेन्ट भने गुमाउने दाबी गरे। सरकारविरुद्ध आन्दोलन गर्ने जनाउँदै महतोले भने, ‘अबको आन्दोलन मधेस आन्दोलन या थरूहट आन्दोलन मात्र हुँदैन, अधिकार नपाएका र सरकारसँग रूष्ट भएका भएका परिवर्तनकारी, पहिचानवादी सबै शक्ति आन्दोलनमा आउनेछन्।’ अब सुरू हुने पूर्ण आन्दोलन हुने दाबी गर्दै उनले भने, ‘सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयबाट हामीलाई आन्दोलनमा जाने बाटो खुलेको छ।’ नागरिकम दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया