धनकुटा । आफैँले बोकेको राइफल पड्किएर नेपाली सेनाका एक सिपाहीको मृत्यु भएको छ। बरख गण धनकुटामा कार्यरत डोटीका चेतनाथ जोशीको ड्युटीमा रहेका बेला गोली लागेर मृत्यु भएको हो ।
शनिवार राति पौने ९ बजे ड्युटीमा रहेका बेला आफैँले बोकेको एम १६ राइफलको गोली छातीमा गोली लागेको थियो ।
गोली लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा राति ९ः५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया