पर्यटनमन्त्री अधिकारीको अन्तिम संस्कार सात दिनमा सकिने

काठमाडौं । हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको अन्तिम संस्कार ७ दिनमा सकिने भएको छ । काजकिरिया उनको पोखरा मालेपाटनस्थित घरमा हुनेछ ।

शुक्रवार अधिकारीको अन्त्येष्टि राजकीय सम्मानका साथ गृहनगर पोखरामा गरिएको थियो । 

रामघाटमा उनको पार्थिव शरीरमा श्रीमती विद्या भट्टराई, छोराहरु विराज र स्वराज अधिकारीले दागवत्ति दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?