अतिरिक्त शुल्क उठाउँदै डेन्टल कलेज

काठमाडौँ — बसुन्धारास्थित कान्तिपुर डेन्टल कलेज (टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर) ले छात्रवृत्तिमा पढिरहेका विद्यार्थीसँग अतिरिक्त शुल्क लिने गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र मेडिकल कलेजबीच भएको सम्झौताअनुसार छात्रवृत्तिमा पढ्ने विद्यार्थीले आन्तरिक परीक्षा शुल्क, छात्रावास, विश्वविद्यालयको रजिस्ट्रेसन, मेडिकल काउन्सिल रजिस्ट्रेसनबाहेक शुल्क तिर्नु पर्दैन ।

कान्तिपुर डेन्टलले यीबाहेकका शीर्षकमा पनि विद्यार्थीसँग रकम असुलेको छ । अहिले छात्रवृत्तिमै दन्त चिकित्सा स्नातक तह (बीडीएस) पहिलो वर्ष पढिरहेका विद्यार्थीसँग कलेजले मेडिकल चेकअप, डेन्टल मेटेरियल, विद्यार्थी कल्याण परिषद्, सामुदायिक डाइग्नोसिस प्रोग्रामजस्ता शीर्षकमा ३ लाख ४२ हजार मागिरहेको छ । कलेज प्रशासनले तोकेको शुल्क नतिरे कक्षामा बस्नै नदिने भनेपछि एक विद्यार्थीले हालका लागि ५० हजार रुपैयाँ तिरेर अध्ययन सुरु गरेको बताए । कान्तिपुर दैनिका खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?