माछापोखरीबाट लागूऔषध चरेससहित एक पक्राउ

काठमाडौं । माछापोखरीबाट प्रहरीले ९ सय १६ ग्राम लागूऔषध चरेससहित एक जनालाई पक्राउ परेको छ । 

माछापोखरीस्थित धादिङ बसपार्क अगाडी शंकास्पद अवस्थामा हिँडिरहेको धादिङ निलकण्ड ३ घर भई हाल बालाजु बस्ने वर्ष २२ को सुमन रिजाललाई प्रहरीले पक्राउ गरेको हो ।  

महानगरीय प्रहरी वृत्त बालाजुबाट खटेको प्रहरी टोलीले मंगलवार ९ सय १६ ग्राम लागूऔषध चरेससहित रिजाललाई प्रक्राउ गरी थप अनुसन्धानका लागि वृत्त बालाजुमा राखिएको प्रहरी नयव उपरीक्षक होविन्द्र वोगटीले जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?