काठमाडौं । मेलम्चीबाट भूकम्पपीडितको आवास अनुदानबापत आएको एक लाख रुपैयाँ लुटिएको छ ।
सिन्धुपाल्चोक जुगल गाउपालिका १ का भूकम्पपीडित दानबहादुर श्रेष्ठले एक लाख आवास अनुदानबापतको रकम बैंकबाट निकाल्नेबित्तिकै लुटिएको हो ।
अनुदानको १ लाख रुपैयाँ राष्ट्रिय वाणिज्य बैंक, शाखा कार्यालय, मेलम्चीबाट निकाल्नेबित्तिकै मंगलबार दिउँसो लुटिएको श्रेष्ठले बताए । श्रेष्ठका अनुसार अनुदानबापतको अन्तिम एक लाख रुपैयाँ निकालेर बैंक बाहिर निस्कनसाथ जलवीरेका एक युवाले रकम लुटेको बताए ।
तर, यसबारे प्रहरीमा अहिलेसम्म उजुरी परेको छैन ।
जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी मुकुन्द मरासिनीका अनुसार पैसा लुटिएको घटनाबारे अहिलेसम्म प्रहरीका कार्यालयमा उजुरी नपरेको र पीडितका उजुरी आएपछि घटनाबारे अनुसन्धान गर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया