काठमाडौं–सशस्त्र प्रहरी बलको पछिल्लो इन्स्पेक्टर भर्नामा महिलाको उपस्थिति शून्य देखिएको छ ।
सशस्त्रले ४३ इन्स्पेक्टर भर्ना खुलाएकोमा सोमबार प्रकाशित लिखित परीक्षाको नतिजामा ३४ जना उत्तीर्ण हुँदा महिला उपस्थिति शून्य भएको हो । भर्नामा महिलाका लागि चारजनाको आरक्षण कोटा थियो ।
यस्तै, मधेसी कोटामा पाँचमध्ये एकजनाले मात्र लिखित परीक्षा उत्तीर्ण गरेका छन् भने दलित कोटामा तीनमध्ये एकजनाको नाम निस्किएको छ । पिछडिएको क्षेत्रबाट भएको एउटा मात्रै कोटाको नतिजा पनि शून्य आएको छ । खुलातर्फ २४ मा ३० उत्तीर्ण भएका छन् ।
सशस्त्र प्रहरीमा केही वर्षदेखि नै मागभन्दा थोरै उत्तीर्ण हुने गरेका छन् । हालै सशस्त्रले एक हजार नौ सय जवान माग गरेकोमा लिखितमा एक हजार तीन सय मात्र सफल भएका थिए । नयाँ पत्रिका दैनिका खबर छापिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया