सप्तरीमा ३ जनाको शव फेला

सप्तरी– सप्तरीमा आज एकै दिन दुई युवक र एक वृद्धाको शव फेला परेको छ ।

बोदे बर्साइन नगरपालिका–८ काचनका ३६ वर्षीय महेश्वर दासको शव फेला परेको प्रहरीले जनाएको छ । आफ्नै घरमा डोरीको पासो लगाई झुण्डी मृत्यु भएको अवस्थामा शव फेला परेपछि प्रहरीले आवश्यक अनुसन्धान शुरु गरेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए ।

यसैगरी कञ्चनरुप नगरपालिका–५ बस्ने ३४ वर्षीय छुतरु सरदारको समेत पासोमा झुण्डिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रतीक बिष्टले जानकारी दिए ।
 प्रहरीका अनुसार घर नजीकै रहेको कोशी टप्पुस्थित खयरको रूखमा डोरीको पासो लगाई झुण्डी मृत्यु भएको अवस्थामा सरदारको शव फेला परेको हो ।

यस्तै प्रसिद्ध शक्तिपीठ रहेको छिन्नमस्ता गाउँपालिकामा नाम, ठेगाना नखुलेका एक ७० वर्षीया वृद्धाको शव फेला परेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?