नागढुंगाबाट लागूऔषध सहित शेर्पा पक्राउ

काठमाडौं । महानगरीय प्रहरी प्रभाग नागढुंगाले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । 

प्रहरीले चन्द्रागिरी नगरपालिका वडा नं. २ नागढुङ्गा स्थित चेकपोईन्टमा चेकजाँचको क्रममा  जनकपुरबाट काठमाडौं तर्फ आउँदै गरेको ना ८ ख १८०८ नम्बरको बसवाट लागूऔषधसहित एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जिल्ला सोलुखुम्बु सल्लेरि नगरपालिका वडा नं. ५ घर भएका वर्ष २० को छिरिङ्ग शेर्पा रहेको काठमाडौं प्रहरी परिसरका प्रवत्ता प्रहरी नायव उपरीक्षक  होविन्द्र बोगटीले बताए ।

प्रवत्ता बोगटीका अनुसार शेर्पाले लिई आएको कालो रंगको झोला चेक जाँच गर्ने क्रममा झोला भित्र लुकाई छिपाई लिई आएको लागूऔषध नाईट्राभेट ४ सय ५० ट्यावलेट फेला परेको जानकारी दिए ।

महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले पक्राउ परेका शेर्पा विरूद्ध आवश्यक अनुसन्धान पश्चात् लागूऔषध ऐन अन्तर्गत मुद्दा चलाइने प्रहरी नायव उपरीक्षक बोगटीले बताए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?