काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर निरन्तर पानी पर्ने क्रम आज शुक्रवार पनि जारी छ ।
मौसममा आइतबारबाट मात्र सुधार आउन थाल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार र बिहीबार काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ८ डिग्री सेल्सियसको हाराहारीमा छ । शुक्रबार बिहान साढे ६ बजेको न्युनतम तापक्रम ८ दशमलव ८ डिग्री सेल्सियस छ ।
मौसमविदहरुले बिहीबारबाट शनिबारसम्म निरन्तर पानी पर्ने पहिले नै घोषणा गरेका थिए । मौसमविदका अनुसार पश्मिी वायुको प्रभावका कारण अहिले काठमाडौं उपत्यकासहित देशभर पानी परिरहेको छ । उच्च पहाडी र हिमाली भागमा हिमपात भइरहेको छ ।
पश्चिम नेपालबाट प्रवेश गरेको पश्चिमी वायु पूर्वतर्फ सर्दै आइरहेको छ । शनिबार पश्चिम नेपालमा अलिकति मौसम सफा हुने छ । मध्य नेपालमा भने दिनभरी नै बदली हुनेछ । मध्य भागमा शनिबार कहिले घाम लाग्ने, कहिले बादल लाग्ने पूर्वानुमान महाशाखाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया