काठमाडौं उपत्यकामा आज यो वर्षकै जाडो

काठमाडौं । काठमाडौं उपत्यकामा आज यस वर्षकै जाडो भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जाडो अझै बढ्दै जाने मौसमविदले बताएका छन् ।

महाशाखाका अनुसार आज बिहान ६ः३० बजेको रेकर्डअनुसार काठमाडौंको न्युनतम तापक्रम ५.६ डिग्री सेल्सियस पुगेको छ । 

मौसमविद गंगा नगरकोटीका अनुसार तापक्रम घट्ने र जाडो बढ्ने क्रम अझै जारी रहन्छ ।

त्यस्तै मध्य र पश्चिम पहाडका उच्च भागका केही स्थानमा हल्का पानी पर्ने र उच्च हिमाली भागमा हिमपात हुने सम्भावना रहेको मौसमविदले जनाएका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?