संसद् भवनमै चुहिन्छ पानी

काठमाडौं — सहरी विकास मोहम्मद इस्तियाक राईले संसद् भवन तत्काल मर्मत तथा सुधार गर्न निर्देशन दिएका छन् ।

मन्त्री राईले सचिव डा रमेशप्रसाद सिंह र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिका कार्यकारी निर्देशक पुरुषोत्तम शाक्यलाई पुस पहिलो साताभित्र मर्मत तथा सुधार गर्न निर्देशन दिएका हुन् ।

'भवनको भुइँमा रहेको मार्वल उप्किएको छ, शौचालय गनाएर भित्र पस्न सक्ने अवस्था छैन, भवनभित्रै पानी चुहिएको छ, संसद् भवन जस्तो छैन, उनले भने, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?