धनुषा– गुठीको जग्गा कीर्ते जालसाजी गरेर बेचेको आरोपमा नजकपुरस्थित रत्नसागर मठका महन्त बैकुण्ठ दास पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौंको बागबजारबाट पक्राउ गरेको हो ।
संस्कृत विश्वविद्यालयअन्तर्गतका हजारी जनक विद्यापीठको करौडौ पर्ने सो गुठी जग्गा कीर्ते गरेर बेचेको खुलेपछि उनलाई पक्राउ गर्न अदालतले आदेश दिएको थियो ।
जनकपुर उपमहानगरपालिका वडानम्बर ८ को अढाइ बिघा गुठी जमिन कीर्ते जालसाजी गरी बेचेको आरोप उनीमाथि छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया