काँग्रेस बैठकः सहमहामन्त्री महतद्वारा पार्टीको आर्थिक नीति पेश

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति आज पनि बस्यो ।

सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा विधान मस्यौदामा केन्द्रीत रहेर सदस्यहरुले धारणा राखेको पार्टी मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

आजको बैठकमा सहमहामन्त्री  डा  प्रकाशशरण महतले पार्टीको समग्र आर्थिक नीतिको प्रस्ताव समेत केन्द्रीय कार्यसमितिमा प्रस्तुत गरेका छन् ।
आजको बैठकमा केन्द्रीय सदस्यहरू— ज्ञानेन्द्रबहादुर कार्की, मानबहादुर विश्वकर्मा, अम्बिका वस्नेत, महेन्द्र यादव, गुरुराज घिमिरे, अमृत अर्याल र आमन्त्रीत केन्द्रीय सदस्य बालकृष्ण पाण्डेले आफ्नो धारणा राखेका थिए ।

यसबैीच केन्द्रीय कार्यसमितिको बैठक विहिबार पनि जारी रहने भएको छ । बैठक मंसिर ९ गते देखि जारी छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?