भरुवा बन्दुकसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
गोरखाको भिमसेन थापा गाउँपालिका ४ चौताराका जितबहादुर बिक एक थान भरुवा बन्दुकसहित पक्राउ परेका हुन् ।
घरको शौचालय पछाडि एक थान भरुवा बन्दुक लुकाएर राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय गोरखाले पक्राउ गरेको हो ।
बिशेष सुराकीको आधारमा बिकको घर खानतलासी गर्दा बन्दुकसहित ५० ग्राम बारुद र ४७ थान छर्रा भेटिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका बिकलार्इ बुधबार अवैध हातहतियार तथा खरखजना अन्तरगत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया