धुलोमाण्डौं Vs काठमाडौं शहर [फोटोफिचर]

काठमाडौं । काठमाडौं महानगरपालिकाले केहि दिनदेखि उत्यकाको सरसफाइमा ध्यान दिएको छ । 

‘क्लिन काठमाडौं’ भन्दै मेयर विद्यासुन्दर शाक्य देखि गृहमन्त्री राम बहादुर थापा बादल कोटमा सजिएर हातमा कुच्चो लिएर सडक बढार्न निस्किएका थिए  । 

उपत्यकामा धुलो, धुँवा र फोहोरका कारण प्रदूषण अत्यधिक बढेको भन्दै काठमाडौं महानगरपालिकाले सडक सफा गर्न पानि हाल्ने देखि स्मार्ट डस्टिविन प्रयोगमा ल्याएको छ । धुलो, धुवा र फोहोरका कारण सर्वसाधरणमा विभिन्न स्वास्थ्य समस्या निम्तिएको गुनासो बढेपछि महानगरले यो काम थालेको हो ।

काठमाडौँ महानगरपालिकाको सहकार्यमा निजी कम्पनीले काठमाडौँ उपत्यकाका ७० स्थानमा स्मार्ट डस्टबिन (आधुनिक फोहर सङ्कलन गर्ने भाँडो) राखेको छ । 

कृष्ण सप्लायर्स प्रालिले ६ लाख पर्ने भाँडो (स्मार्ट डस्टबिन) मानिसको अत्यधिक चाप हुने स्थानमा राखेको हो । आवश्यकता र माग दुई सय स्थानका लागि भए पनि पहिलो चरणमा काठमाडौँका बढी र ललितपुरका केही स्थानमा भाँडो राखिएको छ । 

अहिले माइतीघर मण्डल, बिजुलीबजार, बानेश्वर, कोटेश्वर, गौशाला, चाबहिललगायत स्थानमा स्मार्ट डस्टबिन देख्न सकिन्छ ।  

स्मार्ट डस्टबिनले फोहोर मात्रै सङ्कलन गर्दैन, रातको समयमा सडकमा हिँड्ने यात्रुलाई बत्तीमार्फत उज्यालो पनि दिन्छ । 

काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन गर्न सधैँ कठिन परेकाले बेलामा  सानो सहयोग पछिल्लो दिनमा स्मार्ट डस्टबिनले पुर्याएको छ । 

कुहिने र नकुहिने दुवै किसिमका फोहर राख्न मिल्ने ती भाँडोमा सङ्कलन भएको फोहर सम्बन्धित कम्पनीले प्रत्येक दिन टेकुमा लगेर व्यवस्थापन गरिरहेको छ ।  

काठमाडौँ धुलोमाण्डौँ भन्दै काठमाडौँबासीले व्यङ्ग्य गरिरहेका बेला महानगरपालिकाले यो कदम चालेको हो । 

तस्वीर: सरोज घिमिरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?