काठमाडौं । काठमाडौं–९, तिलगंगामा कपडा व्यवसायी ३० वर्षीया मिला वाग्लेमाथि खुकुरी प्रहार भएको छ ।
सर्लाहीको हरिवन घर भइ गौशाला बस्दै वाग्लेमाथि खुकुरी प्रहार भएको हो ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले भारतको बिहार घर भइ हाल तिलगंगा बस्दै आएका १८ वर्षीय आनन्द कुमारलाई पक्राउ गरेको छ ।
सोमबार दिउँसो वाग्लेमाथि खुकुरी प्रहार भएलगत्तै उनलाई ओम अस्पताल लगिएको थियो र उनको उपचार जारी छ ।
प्रहरिका अनुसार अहिले उनी खतरामुक्त छिन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया