सडक दुर्घटनामा २४ वर्षीय रामनारायण मुखियाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज पोखरीया सडकखण्डमा आज बिहान सवारी दुर्घटनाहुँदा एकजनाको मृत्यु भएको छ । 

मोटरसाइकल र म्याजिक भ्यान ठोक्किंदा पोखरीया नगरपालिका वडा नं ९ का २४ वर्षीय रामनारायण मुखियाको मृत्यु भएको हो ।

वीरगन्जबाट पोखरीया गइरहेको ना१ज ८०२४ नम्बरको म्याजिक भ्यान बिहान अनियन्त्रित भइ विपरीत दिशाबाट आइरहेको ना१२प ५३९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको । 

घटना स्थलमा प्रहरी ढिलो आएको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?