सात महिनाको यात्रापछि ‘इन साइट’ मङ्गलग्रहमा

अमेरिका– सात महिना लामो यात्रा पूरा गरेर रोबोटिक उपकरण सहितको ‘इन साइट’ अन्तरिक्ष यान रातो ग्रहका रूपमा परिचित मङ्गलग्रहको सतहमा मङ्गलबार सफलतापूर्वक अवतरण गरेको छ ।

मङ्गलग्रहको भित्री बनोटबारेअध्ययन गर्ने योजनाका साथ गत मे मा अमेरिकाको क्याल्फोर्नियाको भाण्डेन्वर्ग हवाइ अड्डाबाट प्रक्षेपण गरिएको सो यानले मङ्गलग्रहको सतहमा पाइला टेक्नु अघि ४५ करोड ८० लाख किलोमिटरको दूरी पार गरेको अमेरिकी अन्तरीक्ष संस्था नासाले जनाएको छ ।

दुई वर्ष लामो यो खोज अभियानका क्रममा मङ्गलग्रहको भित्री चट्टानी भागले कसरी काम गर्छ भन्ने कुराको अध्ययन गर्नुका साथै यस अभियानमा ‘फ्रान्को–ब्रिटिस सिस्मोमिटर’ जाडन गरिएको र मङ्गलग्रहको सतहमा रहने सो उपकरणले भित्री भागमा उत्पन्न भएका कम्पनहरूको मापन गरी त्यसभित्र कस्ता चट्टानी पत्र रहेका छन् र ती पत्रहरू कुन वस्तुबाट बनेका छन् भन्ने सूचना प्रदान गर्नेछ ।

त्यस्तै ‘इन साइट’मा रहेको जर्मनमा निर्मित एक प्रकारको जासुसीे उपकरणले मङ्गल सतहको पाँच मिटर गहिराइसम्म तापक्रम मापन गर्ने छ । त्यसले मङ्गलग्रह अहिलेसम्म कति सक्रिय छ भन्ने कुराको जानकारी दिनेछ ।

त्यस्तै सो अभियानको तेस्रो अनुसन्धान पक्ष भनेको रेडियो ट्रान्समिसनका माध्यमबाट यो ग्रह आफ्नो कक्षमा कसरी परिक्रमा गरिरहेको छ भन्ने सूचाना प्रदान गर्ने छ । यसबाट एउटा उसिनेको अण्डा र नउसिनेको अण्डा घुमाउँदा जसरी फरक ढङ्गले घुम्छन् जस्तै मङ्गलग्रहको भित्रीभागमा तरल पदार्थ छ वा छैन कुन अबस्थामा रहेको छ भन्ने कुराको जानकारी दिने छ । अहिले वैज्ञानिकहरू यस ग्रहको भित्री भागमा के छ भन्ने कुरामा पूरै अन्धकारमा छन् ।

आजको गोरखापत्र दैनिकमा खबर छापिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?