काठमाडौँमा फेरि लागु भयो जोरबिजोर प्रणाली, यस्तो छ कारण

काठमाडौं– राजधानीको सडकमा चल्ने सवारी साधनमा मंसिर १३ देखि १६ गतेसम्म जोरबिजोर प्रणाली लागू हुने भएको छ । 

आगामी मंसिर १४ देखि १७ सम्म काठमाडौंमा हुन लागेको एसिया प्यासिफिक समिटमा सहभागि हुने विदेशी पाहुनाको आवागमनलाई व्यवस्थित बनाउन जोरबिजोर प्रणाली लागू गर्न लागिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

गृहमन्त्रालयको निर्देशन अनुसार मंसिर १३ र १५ गते बिजोर तथा १४ र १६ गते जोर नम्बर प्लेटका सवारीमात्रै चल्ने नियम बनाइएको महाशाखाले जनाएको छ ।  

यसअघि सरकारले विमस्टेक सम्मेलनका अवधिमा पनि जोरबिजोर प्रणाली लागू गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?