नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेलालाई गुट उपगुटको भेलाको रुपमा नबुझ्न नुवाकोट कांग्रेस सभापतिले आग्रह गरेका छन् ।
लोकपथ टेलिभिजनको कार्यक्रम खास कुरामा बोल्दै नेपाली कांग्रेस नुवाकोट जिल्ला सभापति जगदिश्वर नरसिंह केसीले कांग्रेसको प्रस्तावित विधान मस्यौदा सम्बन्धि विशेष आन्तरिक छलफलका लागि देश भरिका कांग्रेस जिल्ला सभापतिको भेला बोलाईएको बताएका हुन् ।
१९ बुँदे हेटौडा घोषणापत्र जारी गर्दै देशभरका कांग्रेस जिल्ला सभापतिको भेला सकिएको ५ महिनापछि डाकिएको यो भेला प्रस्तावित विधान मस्यौदा सम्बन्धि छलफल गर्न र केहि राजनीतिक विषयमा निर्णय गर्नको लागि डाकिएको केसीको भनाई छ ।
कांग्रेसको महासमिती बैठकको मुखमै डाकिएको यो भेलाको औचित्य र एजेण्डा के हुन् भन्ने प्रश्नमा केसीले भने, ‘‘पहिलो कुरा कांग्रेसका जिल्ला सभापतिहरुबिच व्यापक छलफल गरी विधान मस्यौदामा छलफल गर्ने नै हो । यसका अलावा बलत्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको अपराधीलाई कार्बाही गर्न सरकारलाई दबाब दिने, महँगी र करका विषयमा खबरदारी गर्ने बताए ।
मंसिर १२ र १३ गते हुने भेलाबाट पारीत भएको सुझाव सभापति शेरबहादुर देउवालाई बुझाउने कार्यक्रम छ ।
नेपाली कांग्रेस नुवाकोटलले आयोजना गरेको भेलामा देशभरका कांग्रेस जिल्ला सभापतिलाई डाकिएको छ ।
नुवाकोटको ककनीमा २ दिनसम्म हुने भेलाको सम्पूर्ण तयारी पुरा भएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया