‘प्रचण्ड’ माथी खुकुरी आक्रमण भएको भन्दै भ्रमपुर्ण समाचार प्रकाशित गर्ने सम्पादक पक्राउ, भएको के थियो ?

पूर्वप्रधानमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथी खुकुरी आक्रमण भएको भन्दै भ्रमपुर्ण समाचार प्रकाशित गर्ने सम्पादक गोपाल चन्द पक्राउ परेका छन् । 
 ‘प्रचण्ड’लाई  गत बिहीबार बिहान चितवनको कृष्ण चोकमा स्थानीयले खुकुरी आक्रमण गरेको समाचार प्रकाशन भएको थियो ।  

भरतपुर महानगरपालिका वडा नम्बर २३ स्थित कृष्णचोक नजिक मधुपुरीमा आयोजित स्थानीय पार्टी प्रवेश गर्ने कार्यक्रम चलिरहेको बेला आक्रोशित स्थानीय प्रचण्डमाथि आक्रमण गर्न खुँडा बोकेर मञ्चतर्फ अघि बढेको भन्ने समाचार भ्रमपूर्ण रहेको उनको सचिवालयले जनाएको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?