चाइनिज फर्निचर उद्योगमा आगलागी, नियन्त्रणको प्रयास जारी

काठमाडौं  । काठमाडौंको नयाँ बानेश्वरस्थित बुद्धनगरको एक फर्निचरको शोरुमा  आगलागी भएको छ । 

सोमबार दिउँसो ३ः३० बजे बुद्धनगरको चाइनिज फर्निचरको शोरुममा आगलागी भएको हो ।  काठमाडौं र भक्तपुरबाट बोलाइएको दमकलको सहयोगमा आगो नियन्त्रणको प्रयास जारी छ ।

चाइनिज फर्निचरको शोरुम भएको र आगलागीबाट लाखौंको क्षतिको आशंका गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका डीएसपी होमिन्द्र बोगटीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?